अहिले देशभरको मौसम चिसो भइरहेको छ । देशभर चिसोका कारण जनजीवन प्रभावित भईरहेको छ । यो समयमा स्वास्थ्यको राम्रो ख्याल गर्न सकिएन भने जटिल समस्याहरु पनि आउन सक्छ ।
यस्तो अवस्थामा विशेष ध्यान दिन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् :
अत्यधिक पानी पिउनुपर्छ
लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो भने पनि शरीर भित्रको वायु श्वासनलीसम्म पुग्दा तातो नै रहने गर्छ । ड्राइ एयर प्यासेजको समस्याबाट बच्नका लागि पनि यात्रामा निस्कनुअघि पानी पिउनु निकै राम्रो उपाय मानिन्छ ।
शरीरलाई आराम दिनुपर्छ
सामान्य स्थितिमाभन्दा व्यायाम गरेपछि शरीरबाट १० गुणा बढी तातो वाफ निस्कन्छ । जाडो मौसममा अत्यधिक व्यायाम गर्नबाट बच्नुपर्छ ।
जाडोमा चिसो पानीबाट बच्नुपर्छ
जाडो मौसममा चिसो पानीमा पौडिँदा एक प्रकारको व्यायाम हुने भएकाले शरीर त तात्छ । तर, त्यो स्वास्थका लागि फाइदाजनक भने हुँदैन ।
चिसो हावाबाट बचौं
यदि तपाईं तीब्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा पनि तपाईंको शरीरले त्यत्ति नै फाइदा पाउँछ ।
त्यस्तै जाडो मौसममा व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दुध पिउनुपर्छ । व्यायामका लागि त्यस्तो पहिरन छनोट गर्नुपर्छ । व्यायाम गरेपछि कम्तिमा तीन मिनेटपछि मात्र नुहाउनुपर्छ । व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन ।
चिया पिउनुहोस्
चिया मन नपराउनेहरू शायदै होलान् । त्यसमा पनि यो चिसो मौसममा तातो चिया पिउनुको मज्जा नै बेग्लै । अध्ययनहरूका अनुसार निरन्तर चिया पिउने मानिसका नसाहरू स्वस्थ हुन्छन् र उनीहरूलाई मुटुको रोग लाग्ने जोखिम कम हुन्छ । त्यसैले चिया पिउनुहोस् ।
क्वाँटी खानुहोस्
यो चिसो मौसममा क्वाँटी खानुभयो भने स्वास्थ्यमा धेरै राम्रो हुन्छ । सकेसम्म रेसादार खाद्यान्न, बोडी, प्याज, लसुन, अदुवा राख्न नबिर्सनुहोस् है !
ठिक्कको खाना खानुहोस्
जाडोमा धेरै खाना खाए पनि पच्छ भनेर धेरै खाने चलन छ । तर, त्यसो गर्नु गलत हो । स्वास्थ्यका लागि कम खानु नै उपयुक्त हुन्छ । त्यसैले ठिक्क खानुहोस् ।
घरका काममा व्यस्त रहनुहोस्
जाडोमा मानिसहरू शारीरिक व्यायाम निकै कम गर्छन् । त्यसैले सकेसम्म घरको काममा व्यस्त रहनु नै उत्तम हुन्छ ।
तरकारी र फलफूल खानुहोस्
अंगुर, किवी, सुन्तलाजस्ता फलफूल प्रशस्त मात्रामा खानुहोस् । यस्तै, तरकारीमा ब्रोकाउली, फूलगोभी, गाँजर, मूला, सागजस्ता तरकारीहरू नियमित सेवा गर्दा राम्रो हुन्छ ।
हिँड्दा छिटो हिँड्नुहोस्
घरबाहिर हिँड्दा सकेसम्म छिटोछिटो हिँड्ने गर्नुहोस् । छिटो हिँड्दा शरीर तात्छ । मांसपेशीहरू सक्रिय रहन्छन् । अनि तपाईंका सबैजसो ज्ञानेन्द्रिय पनि सक्रिय रहन्छन् । त्यसैले जाडो भयो भनेर नबस्नुहोस् ।