नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ३,००० रुपैयाँले वृद्धि भई १,५६,३०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १,५३,३०० रुपैयाँ थियो।
पछिल्लो समय सुनको मूल्य लगातार बढ्दो क्रममा छ। यस वृद्धि कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र आन्तरिक बजारमा सुनको भन्सारमा बढाइएको कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ ।
त्यसैबीच, चाँदीको मूल्य पनि शुक्रबार १,८६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १,७९५ रुपैयाँ थियो। यस हिसाबले चाँदीको मूल्य प्रति तोला ५५ रुपैयाँले वृद्धि भएको छ।