संकल्प सञ्चार / झापाकाे बुद्धशान्ति गाँउपालिका वडा नं ४ मा हिजाे असार २ गते साेमवार एक दिवसिय बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो।” भन्ने स्लाेगन सहित वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्ति गाँऊ पालिका वडा न ४ संगकाे सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा तीन सय बढि सेवाग्राहीले स्वास्थ्य सम्बन्धि सेवा लिएका थिए ।



बुद्ध शाान्ति गाँऊ पालिकाका अध्यक्ष मनोज प्रसाईकाे प्रमुख अतिथ्यता र बुद्धशान्ति गाँऊ पालिका वडा न ४ का वडा अध्यक्ष शेर बहादुर रायकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बि एण्ड सी मेडीकल कलेजका म्यानजमेन्ट डाईरेक्टर खोम घिमिरे,
क्यानसर विशेषज्ञ डा कुशल रिजाल,लेडि जेसिज निवर्तमान अध्यक्ष जेसी मेनुका ओलि,वर्तमान कार्यकारिणी उपाध्यक्ष जेसी मुना ढुङगेल, जनसम्पर्क अधिकारी जेसी पार्वति श्रेष्ठ, उपाध्यक्ष जेसी भावना बस्नेत लगायतकाे विशेष उपस्थिति आतिथ्यता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन महासचिव जेसी प्रभा रायाले गर्नुभएकाे थियाे ।


कार्यक्रम सम्पन्न गर्न महत्त्वपूर्ण सहयाेग पुर्याउने क्यान्सर विशेषज्ञ डा. कुशल रिजाल, फिजिसियन डा. नौषद अलि, स्त्री रोग विशेषज्ञ डा. सुरुचि महत्ताे, बाल रोग विशेषज्ञ डा. सञ्जीव के. शाह, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. मिलन सुन्दास, , विर्ता आई केयरका डा. पवन अधिकारी, डा. प्रज्ञान कट्टुवाल र डा. सुवास सङ्ग्रौला, वि एण्ड सी अस्पतालका मार्केटिङ म्यानेजर खोम घिमिरे, आधारभुत स्वस्थ्य सेवा केन्द्रका प्रमुख महेश महत्तो लगायतकाे विशेष सहयाेग प्रति वीरता लेडी जेसीजको तर्फबाट हार्दिक आभार व्यक्त गरिएकाे छ ।

विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक कारणले गर्दा हाम्रो समाजका धेरै नागरिकहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका बेला समाजकाे यस यथार्थतालाई गम्भीरतापूर्वक मनन गर्दै, स्वस्थ समाज, समृद्ध राष्ट्र भन्ने अभियानसहित उक्त नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएकाे आयाेजककाे भनाई छ ।