संकल्प सञ्चार-स्थानीय बजारमा चुकन्दरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार चुकन्दरको भाउ बढेको देखाएको छ ।
आज चुकन्दरको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार चुकन्दर प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो भने, आज सोमबार भने कालीमाटी बजारमा चुकन्दर किलोको ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
चुकन्दर स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा दैनिक सेवन गर्न पोषणविद्हरू सुझाव दिन्छन् ।
चुकन्दरमा आइरन, नाइट्रेट, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम, मिनरल्स पाइन्छ ।