इलाम/ तिलचन अधिकारी: ईलाम नगरपालिका वडा नं २ ले एक कार्यक्रमका वीच स्थानीय वडा स्तरीय दलित समन्वय समितिलाई नाैमति पञ्चेबाजा प्रदान गरेकाे छ । जिल्ला समन्वय समिति सदस्य शेरवहादुर राई र २ नंवर वडा अध्यक्ष गिरिराज रिजालेले संयुक्त रूपमा वडा दलित समन्वय समिति अध्यक्ष अजय लामगादेलाई १ लाख ४० हजार मूल्य वरावरकाे बाजा हस्तान्तरण गरेका हुन

ऐतिहासिक मौलिक कला संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ इलाम नगरपालिका २ सुम्बेकले आर्थिक वर्ष २०८१/०८२ को लक्षित वर्ग विकास कार्यक्रम अन्तर्गत नेपाल बाजा उद्योग काठमाडौँले निर्माण गरेको हस्त निर्मित बाजा नरसिङ्गा जाेडि, दमाहा जाेडि, सनाहि जाेडि, झ्याम्टा, ढाेलक र टेम्काे लगायतका समान समितिलाई प्रदान गरेकाे हाे । जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर राईको प्रमुख अतिथ्यता, इलाम नगरपालिका २ का वडाध्यक्ष गिरिराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,बुद्धिजीवी स्थानीय समाजसेवीहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा नेपाली माैलिक कला संस्कृति, यसकाे संरक्षण र विकास बारे चर्चा भएकाे थियाे भने यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण गर्नुका साथै कलाकारहरुलाई स्वराेजगार बन्ने कुरामा सहयाेग पुग्नुका साथै नव-प्रतिभाहरुकाे कलालाई उजागर गर्ने माध्यम बन्ने अपेक्षा समेत राखिएकाे वडाले जनाएकाे छ । पछिल्लो समय हाम्रा माैलिक बाजागाजाहरू लाेपाेन्मुख हुने अवस्थामा रहेकाे नैमति बाजालाई संरक्षण र यसै संग जाेडिएकाे सुम्बेकेली स्थानीय कलाकारहरुकाे पहिचान पुनस्थपित गर्ने उदेश्य सहित याे कार्यक्रम राखिएकाे वडाले जनाएकाे छ ।