त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी प्रारम्भिक जाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। यो प्रतिवेदन ICAO को मापदण्डअनुसार प्रारम्भिक निष्कर्षहरू प्रस्तुत गर्न गरिएको हो।
रिपोर्टमा दुर्घटनाको सम्भावित कारणमा सौर्य एयरलाइन्सले आफ्नो अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको पालना नगरेको पाइएको छ। यसमा सामानको वजन निर्धारण र सुरक्षित लोडिङ प्रक्रिया समावेश छ।
अर्को सम्भावित कारण भनेको जहाजले कार्गो लोड गर्दा टेकअफको लागि आवश्यक गति (वी–स्पीड) को गणना नगरेको हो। यस प्रक्रिया ‘क्विक रिफरेन्स ह्यान्डबुक’ मा उल्लेखित हुन्छ। प्रारम्भिक प्रतिवेदनले फेरी फ्लाइट र ननसेडुल फ्लाइटका नियमहरूको पुनरावलोकन गर्न सुझाव दिएको छ।
सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो ।
क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो । धेरै यात्रुको सोही क्रममा ज्यान गएको समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।