संकल्प सञ्चार। नेपाली बजारमा डलरको मूल्यमा नयाँ रेकर्ड बनाएको छ। आज डलरको बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।
यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ८० पैसा (बिक्रीदर) थियो। त्यसैगरी युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४६ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४५ पैसा अस्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा रहेको छ ।