संकल्प सञ्चार / झापा जिल्ला बुद्धशान्ति गाँउपालिका वडा नं २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली वडा अध्यक्ष पदवाट निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाण्डाैले निलम्वन गरिएको पत्र आज दिउसो बुद्धशान्ति गाँउपालिका झापालाई पठाएको हो । उनी असोज ८ गते दिउसो बिर्तामोड हनुमान कम्प्लेक्सबाट घुस बापतको रकम लिइरहेको अवस्थामा पक्राउ परेका थिए ।
ओलिले एक भारतीय नागरिक अमरनाथ चाैहानकाे जग्गा काराेवारमा फसेकाे पैसा उठाइदिने भन्दै भारू १ लाख रुपैयाँ रकम मागेका थिए । भारतीय नागरिक चाैहानले ओलिबाट आफू ठगिएकाे भन्दै बिप्लब निकट नेकपाका नेताहरूकाे साहरा लिएका थिए । त्यहि क्रममा केही मिडिया कर्मी, प्रहरी प्रसासन र नेकपाका नेताहरू सहित चाैहान हनुमान कम्प्लेक्स पुगेका थिए । उनले घुस बापत दिन लागिएकाे रकमकाे सम्पुर्ण विवरण तयार पारेर ओलीलाई बुझाउन लागेका थिए । त्यसै अनुसार ओली आफुले दिएकाे समय र स्थानमा रकम बुझ्न आईपुगेका थिए । साेहि क्रममा उनलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएकाे टाेलिले रंगेहात पक्राउ गरेकाे थियाे । पक्राउपछि ओलिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।