1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

मनसुन अझै १० दिन लम्बिन सक्ने

12
9

संकल्प सञ्चार/ नेपालमा यस वर्षको मनसुन अझै १० दिन लम्बिन सक्ने सम्भावना देखिएको छ । मौसमविदहरुका अनुसार अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको छ ।


सुदूरपश्चिमका जिल्लामा यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने १० जति मनसुन कायम रहने सम्भावना छ ।


‘मनसुनी वायु रहेसम्म वर्षाको सम्भावना पनि कायमै रहने विज्ञहरुको भनाइ छ । सुदूरपश्चिमका जिल्लामा भने मनसुन छिट्टै बाहिरिन सुरु हुने सम्भावना छ भने पूरै नेपालबाट बाहिरिने सम्भावना भने अक्टुबर दोस्रो हप्तातिर मात्रै रहेको मौसमविदको भनाइ छ ।


जुन, जुलाई, सेप्टेम्बर र अक्टुबर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यी चार महिनाको सरदर ११२ दिनको अवधिमा झण्डै १५ सय मिलिमिटर वर्षा हुन्छ । यस वर्ष असोज दोस्रो सातासम्म पूर्वानुमान गरिएअनुसार नै सरदरभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

4
3