1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती आज

12
9

संकल्प सञ्चार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती आज विहिवार देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो ।

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो । तर, उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो ।

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमूखी प्रतिभाका धनी थिए । कविता र निबन्धमा उनको योगदान उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

दस वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्त्वपूर्ण योगदान दिएका थिए । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नू/गराउनू र वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग विवाह बन्धनमा वाँधिएका देवकोटाको व वि.सं. १९८५ मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९ मा जेठो छोरा प्रकाश जन्म भएको थियो भने माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म वि.सं. १९९३ मा भएको थियो । कानूनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के, जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नुपर्याे। दुई वर्षभित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती बियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्कलाई समेत चोट पुर्यायो । उनले ेही समय मानसिक संस्थामा पनि बिताए ।जीवन उतारचढावका वीच देवकोटालाई वि.सं. २०१५ मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर उपचार समेत भएको थियो तथापी एक वर्ष भित्र अर्थात वि.सं. २०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो ।

नेपाली सामाज र साहित्य आकाशमा देवकोटा एक अमर र अविश्मरणीय ब्यक्तित्वका रुपमा विश्वभरि रहेका नेपालीले श्रद्धापुर्वक संझने गर्छन ।

4
3