झापा / सहिद स्मृति प्रतिष्ठान झापा शाखाले जनयुद्धका सहिदहरूकाे स्मृतिमा एक विशेष कार्यक्रम सम्पन्न गरेकाे छ । माओवादी जनयुद्धका सहिदहरू शङ्कर घिमिरे”नन्दू”,देबकुमार आचार्य “डी कौडिण्य” र खगेन्द्र दङ्गालको २२औ स्मृति दिवसकाे अवसरमा श्रावण ७ गते विशेष स्मरण कार्यक्रम आयाेजना गरेकाे थियाे ।
झापाका माओवादी नेता खड्गबहादुर तिम्सिना पवनका अनुसार माओवादी जनयुद्धका क्रममा २०५९ साल साउन ७ गते तत्कालिन राज्यसत्ताद्वारा तीनै जनालाई एकैदिन निर्ममता पुर्वक हत्या गरेकाे थियाे । नेता त्रयकाे स्मृति दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे उक्त कार्यक्रममा ०२८ सालको ऐतिहासिक झापा बिद्रोहका कमाण्डर नरेश खरेलको प्रमुख आतिथ्यता रहेकाे थियाे भने माओवादी केन्द्रका केन्द्रीय नेताहरू झलकसिङ दर्लामी सन्देश,ज्योतिसिङ दर्लामी,धीरेन्द्र शर्मा रमण, दुर्गा चापागाई सचिन,लक्ष्मी नेउपाने शरु,बरिस्ठ पत्रकार तथा सञ्चारकर्मी चन्द्र भण्डारी,नेपाली काङ्ग्रेसको जिल्ला सचिव कृष्ण हुमागाई,सन्चारकर्मी तीर्थ सिग्देल,बरिस्ठ पत्रकार पिनाकी कोइराला,शहिद परिवार र बेपत्ता परिवारका सदस्यहरू विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको बिशेष आतिथ्यता र उपस्थिति रहेको थियो।
कार्यक्रममा बक्ताहरूले शहिदहरूकाे ब्यक्तित्व र विशेष याेगदानका बारेमा चर्चा गरेका थिए । नेपालकाे राजनीतिक परिवर्तनमा पुर्याएकाे याेगदान र गरिएकाे बलिदानी प्रति उच्च सम्मान गर्दै शहिदहरूकाे विशेष स्मरण गरिएकाे थियाे । कार्यक्रमको सभापतित्व सहिद प्रतिष्ठान झापाका अध्यक्ष निर्मल पौडेलले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन माओवादी काेशी प्रदेश उपाध्यक्ष बिजय साम्पाङले गरेका थिए ।