नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा १ हजार ५०० रुपैयाँ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ पुगेको हो।
अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको थियो। शुक्रबारको लागि सुनको मूल्य प्रति १० ग्राम १ लाख ३४ हजार ६९० रुपैयाँ तोकिएको छ।
बिहीबार तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ९१५ रुपैयाँमा पुगेको छ।