1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

दुर्गा प्रसाईँ र नागरिक प्रतिरक्षा बल द्वारा बिर्तामोडमा विरोध प्रदर्शन र सभा

12
9

दुर्गा प्रसाईँको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक सुरक्षा महाअभियानको भ्रातृ संगठन, नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले बिर्तामोडमा विरोध प्रदर्शन र सभा आयोजना गरेको छ।


बिर्तामोड ३, सैनिकमोडस्थित नागरिक प्रतिरक्षा बलको कार्यालय अगाडिबाट र्‍याली सुरु भएको थियो। नेपालका झण्डा र पीडीएफ लेखिएको टिसर्ट लगाएका प्रदर्शनकारीहरूले ‘भ्रष्टाचारी सरकार मुर्दावाद, निकम्मा सरकार मुर्दावाद, गिरीबन्धु टी इस्टेटको फाइल खोल्नुस्, बैङ्क, लघुवित्त, सहकारपीडितलाई न्याय दिनुस्’ जस्ता नाराहरू लगाउँदै मोटरसाइकल र्‍याली निकाले। यो मोटरसाइकल र्‍याली सैनिकमोडबाट बिर्तामोड-५ स्थित सिटी सेन्टर, महानन्द चोक, मुक्ति चोक हुँदै चारपाने पुगेर पुनः सिटी सेन्टरमा फर्केर साई पार्टी प्यालेसको सभा हलमा समापन भएको थियो।


नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोको नेतृत्वमा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक सुरक्षा महाअभियानका संयोजक प्रसाईँको प्रमुख उपस्थिति रहेको यस कार्यक्रममा १५० वटा मोटरसाइकल, १५ वटा अटो, १२ वटा छोटा हात्ती, ५-६ वटा साना गाडी गरी करिब ४०० जनाको सहभागिता थियो। जिल्लाका संयोजक तुम्बापोको अध्यक्षता र प्रसाईँको प्रमुख आतिथ्यमा सभा सम्पन्न भयो।


कार्यक्रममा नागरिक प्रतिरक्षा बलका सदस्यहरूलाई खादा लगाइ सम्मानित गरिएको थियो। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङका उम्मेदवार विकास उप्रेतीसहित ४४ जनाले दुर्गा प्रसाईँको अभियानमा सामेल भएको घोषणा गरिएको थियो।

यस कार्यक्रमको उपस्थिति जनाउनेमा अभियानका सांस्कृतिक विभाग प्रमुख माधव कल्पित, उच्च स्तरीय कार्यदलका प्रमुख हरि श्रेष्ठ, नागरिक प्रतिरक्षा बलका केन्द्रीय संयोजक मिलन लामा, पूर्वाञ्चल संयोजक उमेश लामालगायतका प्रमुख व्यक्तिहरू रहेका थिए।


Home Facebook

4
3