रानमा हालै एक युवती बलात्कृत भएको घटनामा ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको छ। ताप्लेजुङबाट रोजगारीको खोजीमा धरान आएकी २० वर्षीय युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे जबरजस्ती करणी गरेको युवतीले बताएकी छन् ।
युवतीका अनुसार, आरोपीले आफूलाई रोजगारीको आश्वासन दिन होटलमा भेट्न बोलाएको थियो। तर, त्यहाँ पुग्दा उनले जबरजस्ती बलात्कार र कुटपिट गरेको र पछि होटलको कोठामा बन्धक बनाइ राखेको जानकारी दिइन्।
अर्को मान्छेले होटलको कोठाको ढोका खोलिदिएपछि युवती बाहिर निस्किएर प्रहरीकोमा पुगेकी थिइन्। धरानमा पीडित युवतीको कुनै आफन्त नभएको कारणले गर्दा उनलाई प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ।