झापा/ पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँस्थित एक घरमा बिहीबार ग्रिनेड विस्फोट हुँदा एकै परिवारका दुईजनाकाे मृत्युु भएकाे छ भने एक घाईते भएका छन् ।
स्थानीय आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन राई साथै दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा गम्भीर घाइते भएका थिए
गम्भीर घाईते भएका अढाई वर्षीया बालिका प्रिन्सा साँवा र उनका दाजु १० बर्षिय दिप्सन साँवालाई पाँचथरमा उपचार हुन नसकेपछि झापा स्थित बीएण्डसी अस्पताल रेफर गरिएकाे थियाे । अस्पताल लैजाने क्रममा बहिनी प्रिन्साकाे बाटाे मै मृत्यु भएको थियाे भने दाजु दिप्सनको अस्पताल पुर्याई सकेपछि मृत घाेषणा गरिएकाे थियाे ।
केरुङको घरमा बस्दै आएका ज्ञानबहादुरका छोरा पवनकाे भने पाँचथर अस्पतालमा उपचार भईरहेकाे छ ।
माओवादी कार्यकर्ता आईतराज केरुङको घरमा स्थानीय ज्ञानबहादुरको परिवार बस्दै आएको थियो । केरुङ परिवार भने २०६८ देखि पाँचथर सदरमुकाम फिदिममा बस्दै आएकाे छ । माओवादी जनयुद्ध कालमा लुकाएर राखिएकाे बम अहिले बिस्फाेट भएकाे हुन सक्ने स्थानियहरूले अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान भईरहेकाे जानकारी दिएकाे छ ।