1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

माओवादीले सहिद छविलाल आचार्य ‘अणु’को स्मृति दिवस मनायो !

12
9

झापा/ नेकपा माओवादी केन्द्र बुद्धशान्ति झापाले जनयुद्धका सहिद छविलाल आचार्य अणुको २२ ओैं स्मृति दिवस मनाएको छ । झापाको बुद्धशान्तिमा साउन १३ गते सहिद आचार्यले शहादत प्राप्त गरेको दिनको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो ।

 

छविलाल आचार्य अणु मा‌‌ओवादी जनयुद्धका शहिद हुन् । ईलाम जिल्लाको रम्याङ हर्कटेमा जन्मिएका आचार्य झापा बसाई सरेर आएपछि कक्षा ८ सम्मको शिक्षा उनले झापा बुधवारेको बुद्धआदर्श मा वि बाट प्राप्त गरेका हुन भने एसएलसी इटाभट्टाको बिद्यालयबाट गरेका हुन । एसएलसी पास गरिसकेपछि बीए सम्मको अध्ययन महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट पुरागरि २०५१/०५२ साल तिर उनी पढाइ र जागिरको शिलशिलामा बर्दिया जिल्लामा पुगे । त्यहाँ एक विद्यालयमा अध्यापन गर्दै उनले अध्ययन लाइ निरन्तरता दिइरहेका थिए । सोहि क्रममा उनि राजनिति तर्फ आकर्षित हुन पुगे । जुन समयमा नेपालमा माओवादी जनयुद्धको शुरुवात भइसकेको थियो । माओवादी विचारबाट प्रभावित हुदै उनि बर्दियामा नै माओवादी पार्टीको सदस्य बने । त्यहि दाैडानमा उनको विवाह पनि बर्दिया कै शशिकला शर्मा संग भयो । उनिहरु दुवै जना पार्टीको जिम्मेवारीमा रहेर काम गर्न थाले ।

 

 

माओवादी आन्दोलन दिनदिनै उत्कर्शमा जाँदै थियो । त्यहि क्रममा उनको जिम्मेवारी हेरफेर हुने क्रममा २०५८ सालबाट उनलाई तत्कालिन नेकपा माओवादी पार्टीको झापा इलामको संयुक्त सेक्रेटरीको जिम्मेवारी प्राप्त भयो । त्यसपछि उनि परिवार सहित झापा आइपुगे र आफुले प्राप्त गरेको जिम्मेवारी पुरा गर्नै दोडानमा लागे । यहि क्रममा २०५९ साल साउन ७ गते झापा बुधवारे सातनम्वरको ट्रान्सफर्मर चोक दक्षिणबाट गिरफ्तारीमा परे । सोहि दिन झापामा माओवादी नेताहरु शंकर घिमिरे नन्दु, देवकुमार आचार्य डि काैडिन्य र खगेन्द्र दंगालको तत्कालिन नेपाली से‍नाले गिरफ्तार पछि हत्या गरेको थियो । यसरी गिरफ्तारीमा परेका आचार्यलाई सात दिन सम्म निर्मम यातना दिइ २०५९ साउन १३ गते तत्कालिन शाहि सेनाले हत्या गरेको थियो । त्यो समयका जानकार माओवादी नेता खड्ग तिम्सिना पवनका अनुसार उनलाई शरिरका अंगहरु क्षतविक्षत वनाएर काटिकाटि हत्या गरिएको थियो भन्ने भनाइ छ ।

आन्दोलनका दाैडानमा उनकी जीवन संगीनि शशिकला शर्मालाई पनि २ महिना पछि इलामको माइमझुवामा सेनाले पक्राउ गरी हत्या गरिदियो । उनिहरुका एक सन्तान थिए । उनि बुवा आमा भन्न समेत नसक्ने उमेरमा नै एक्लो बन्न पुगे । उनलाई हजरवुवा हजुरआमाले पालनपोषण गरि हुर्काए । हाल उनि प्लस टु सम्मको पढाइ सकेर सिए विषयमा अध्ययन गरिरहेको कुरा जानकार खड्ग तिम्सिनाले बताए ।

आज बुद्धशान्तिमा भएको स्मृति दिवस कार्यक्रममा संविधान सभा सदस्य तथा माओवादी केन्द्रिय सदस्य धर्मशीला चापागाईको प्रमुख आतिथ्यता तथा सहिद आचार्यका दाजु दुर्गा आचार्य, माओवादी केन्द्रिय सदस्य झलक सिं दल्लामीको बिशेष आतिथ्यता साथै माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्नी प्रदेश नेताहरु राजु चुडाल ,श्यामवीर लिम्वु साैभाग्य, खड्ग तिम्सिना, छत्र तिम्सिना ,बुद्धशान्ति अध्यक्ष प्रेम नेम्वाङ सचिव रुद्र भण्डारी जिल्ला नेताहरु तारा सुवेदी ,यानु न्याैपाने नेकपा बिप्लवका नेता अर्जुन पाण्डे लगायत स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा सहिद छविलाल आचार्य अणुको योगदान र वलिदानीको चर्चा सहित स्मरण गरिएको थियो भने सहिद आचार्य एक बाैद्धिक, सालिन र क्षमतावान ब्यक्तित्व भएको र उहाँ भित्र कुशल नेतृत्व क्षमता रहेको स्मरण गर्दै उनलाई गुमाउदा तत्कालिन समयमा माओवादी पार्टीलाइ ठुलो क्षति भएको कुरा पनि माओवादी नेताहरुले बताएका थिए । सहिदको तस्विरमा माल्यार्पण सहित बिशेष स्मरण गर्दै उक्त कार्यक्रम गरिएको छ ।

4
3