विर्तामोड, असार ८ । नेपालको कृषिका सबै समस्याको सरल समाधान गर्न सक्ने क्षमता भएका जीवाणुमा आधारित मलहरु तथा रोग एवं कीटनाशक पदार्थहरु झापामा उत्पादन हुनथालेका छन् । हाइ हिमालयन अर्गानिक कम्पनीले थ्रिस्टार बायो अर्गानीक फर्टिलाइजर एण्ड प्लान्ट प्रोटेक्टर भन्नै ब्रान्ड सहित उक्त कम्पनीको उत्पादन अहिले बजारमा उपलब्ध गराएको कम्पनीका सञ्चालक प्रदिप घिमिरेले जानकारी दिनुभएको छ । किसान, कृषि उद्यमी, व्यवसायी र आमजनसमुदायमा सचेतनता फैलाउने कार्य गरिरहेको कम्पनीका सञ्चालक घिमिरेले जनाउनु भएको छ ।
कोशी प्रदेशका बिभिन्न स्थानीयतहहरुमा यो प्रविधि र प्रणालीको प्रयोग र प्रवर्दन गरि जनताको जीवनस्तर उकास्ने, जनस्वास्थ्य र पोषणजस्ता मानवजीवनकाअत्यन्त महत्वपूर्ण सवालहरु तथा वातावरण र माटो बचाउने अभियानमा सार्थक पहल र प्रयत्न गरिरहेको भन्दै उहाँले उत्पादकसंस्था, ब्यक्ति, स्थानीयतह र त्यहाँ सम्बद्ध कर्मचारीहरुको नाम जोडेर झापाको मेचीनगर स्थित एक स्थानीय सञ्चार माध्यमबाट दुस्प्रचार गरिएको उल्लेख गर्दै उहाँले भत्सर्ना गर्नु भएको छ । जनताको सूचनाको हक प्रवद्र्धन गर्ने नाममा व्यक्तिको वैयक्तिक स्वतन्त्रता र मर्यादा माथिहुने यी र यस्ता कदमले स्वयं संचार माध्यम र त्यससँग सम्बद्ध ब्यक्तिहरुको सामाजिक प्रतिष्ठामा पनिआँच आउने, संचार माध्यमको नैतिकता, गरीमा र उसको आफ्नै आचार संहिताको पनि उल्लंघन हुने कुरालाई गंभिरता पूर्वक लिन सम्बद्धपक्षहरुलाई उहाँले सचेत गराउनु भएको छ ।
रासायनिक मल र बिषादीको अनियन्त्रित र अब्यवस्थित प्रयोगले नेपालको कृषि संकटग्रस्त अवस्थामा पुगेको छ । यो अवस्थाबाट पुनःप्राकृतिक स्वरुपमा फर्काउन सक्ने प्रविधि र प्रणालीको विकास गरि कृषिको अनन्त संभावनाको क्षेत्र झापा जिल्लाबाट यस हाई हिमालयन अर्गानिक प्रा.लि ले नेपालमा पहिलो पटकथ्री स्टार ब्राण्डमा प्रांगारिक जीवाणु मल उत्पादन एवं त्यसमा आधारित लागतप्रभावि प्रांगारिक खेती प्रविधिको अभ्यास र प्रवद्र्धन सुरु गरेको घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यी मलहरुले माटो सुधार्ने तथा पानी सोस्ने र संरक्षण गर्ने क्षमता अभिबृद्धी गर्ने, विरुवाका जरा र बोट दुवै तर्फ लाग्ने रोग र किरा नियन्त्रण गर्ने, उत्पादन लागत घटाउने र उत्पादन क्षमता बढाउने भएकाले यो प्रविधि र त्यसमा प्रयोग गरिने प्रांगारिक जीवाणु मल तथा रोग एवं कीटनाशक पदार्थ महत्वपुर्ण हुनेमा दुविधा नरहेको भन्दै यस्तो कार्यमा तीन तहका सरकार, किसान, कृषिउद्यमी र सम्बद्ध संस्थाहरुसँगको सहकार्य, समन्वय र सहयोगको अपेक्षा गरिएको छ ।