1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

माघ १ गोरु जुधाउने पर्व मनाइन्छ नुवाकोटमा !

12
9

माघे संक्रान्तिका अवसरमा नुवाकोटको तारुकालगायतका स्थानमा गोरु जुधाइएको छ। 

हरेक माघ १ गतेका दिन तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु  जुधाउने मेला लाग्ने गरेको छ। सोमबार तारुकामा १७, पञ्चकन्यामा १५ र वेत्रावतीमा ९ हल गोरु जुधाएको छ।गोरु जुधाउने मेलामा स्थानीय किसानहरूले पालेका गोरु जुधाएर रमाइलो गर्ने गरिएको छ ।​तारूकामा हुने गोरु जुधाइ मेला हेर्न बर्सेनी हजारौं मानिस पुग्ने गरेका छन्

नुवाकोट जिल्लाको तारूका गाउँमा हुने एक गोरु जुधाई प्रतियोगिता एक पर्वको रुपमा मनाउदै आएको इतिहाँस छ । यो मेला नुवाकोटको तारुकामा प्रत्येक वर्ष माघ १ गते वा माघे सक्रान्तिका दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ। यो मेलालाई नेपालको एक मात्र आधिकारिक रूपमा आयोजना गरिने जनावरहरूको मेला हो पनि भन्न सकिन्छ। यो मेला अन्तर्गत तारुका चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ।

यस गोरु जुधाइ मेलाले नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको छुट्टै ऐतिहासिक महत्त्व बोकेको छ ।माघेसङ्क्रान्तिमा नदी किनार र घाटमा स्नान गरी चाकु, घिउ, तरुल लगायत मिष्ठान्न भोजन गर्ने हिन्दू परम्पराका साथमा सदियौंदेखि नुवाकोटमा भने गोरु जुधाएर छुट्टै मनोरञ्जन लिइदै आएको छ।

मल्लकाल देखिको इतिहाँस बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउने परम्परा मल्लकालीन राजाहरूको बिर्ता रहेको तारुका क्षेत्रमा गोरुजुधाइको प्रचलन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको पालामा सुरु भएको बताइन्छ ।

4
3