संकल्प सञ्चार – धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो गाडी तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
११ जना यात्रु सवार बाेलेराेमा रहेकामा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । बोलेरो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियाे ।
यति बेला स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेका छन् भने घाइते भएकामध्ये ५ जनालाई धरान र १ जनालाई फिदिममा उपचारका लागि पठाइएको छ ।