1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

12
9

 संकल्प सञ्चार-नेपाली बजारमा हिजाे आइतबारकाे दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ । 

जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ । 

4
3