1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

इलाम नगरपालिका–४ बालमैत्री र वातावरणमैत्री वडा घोषणा

12
9

ईलाम, तिलचन अधिकारी / बाल अधिकारको संरक्षण, समावेशी स्थानीय शासनको अभ्यास र स्वच्छ वातावरणको प्रवर्द्धन गर्ने दृष्टिकोणसहित इलाम नगरपालिका–४ लाई “बालमैत्री स्थानीय शासन युक्त वडा तथा वातावरणमैत्री वडा” को रूपमा औपचारिक रूपमा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय निर्देशिका २०७८ र सञ्चालन कार्यविधि २०८० अनुसार यो घोषणा गरिएको हो।

“समुन्नत इलाम, सम्पन्न इलामेली” नाराका साथ आयोजित घोषणा कार्यक्रम इलाम नगरपालिका–४ स्थित वडा स्वास्थ्य केन्द्रको प्राङ्गणमा सम्पन्न भएको थियाे ।
कार्यक्रमको प्रमुख अतिथि इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा रहनुभएको थियो भने अध्यक्षता वडा नं ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता नुतनदेव दुलालले गर्नुभएको थियो भने जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइली विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई गरिमा थप्दै हिमालयन लोक सांस्कृतिक समूहले स्वागत गान प्रस्तुत गरेकाे थियाे भने वडा सदस्य विष्णु सुब्बा,सिद्धेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक डम्बरु बल्लभ शर्मा,नेकपा एमाले वडा कमिटी इलाम नगरपालिका ४ का अध्यक्ष धनपति दुलाल,नेपाली कांग्रेस वडा सभापति विष्णु दुलाल लगायतले बालमैत्री र वातावरणमैत्री अभियानको महत्वमा जोड दिनुभयो।
कार्यक्रमको सफलतामा एस सङ्कल्प प्रा.लि. विराटनगर र नामसालिङ सामुदायिक विकास केन्द्र इलामले सहजीकरण र समन्वयको भूमिका निर्वाह गरेका थिए।


त्यस्तै इलाम नगरपालिका वन, वातावरण तथा विपद् शाखाका प्रमुख ऋषभ न्यौपाने,एस सङ्कल्प प्रा.लिका प्रतिनिधि स्वस्तिका पोख्रेल, एन.सी.डि.सी. इलामका प्रतिनिधि विनोद निरौला, इलाम नगरपालिका वडा नं १ का वडाअध्यक्ष गायत्री राम बस्नेत,वडा नं ६ का अध्यक्ष मदन श्रेष्ठले पनि मन्तव्य राख्दै वडाले चालेको यो अग्रसरता अन्य वडाहरूका लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो भने वडाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सन्देशमूलक गायन तथा नृत्य प्रस्तुति मार्फत बाल अधिकार, वातावरणीय सरोकार र स्थानीय उत्तरदायित्वका विषयमा प्रभावशाली सन्देश प्रवाह गरेका थिए ।

इलाम नगरपालिका–४ को यो घोषणा केवल एक कार्यक्रम मात्र नभई, बालबालिकाको अधिकार, समावेशी स्थानीय शासन र वातावरण संरक्षणप्रति प्रतिवद्धता जनाउने एक ऐतिहासिक कदमको रूपमा लिइएको छ।

4
3