1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

विराटनगरमा कार्यक्रम गरी मनाइयो नर्सिङ दिवस

12
9

संकल्प सञ्चार-अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपाल नर्सिङ संघ मोरङको आयोजनामा कोशी अस्पताल परिषरबाट ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य: नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई बलियो बनाउँछ’ भन्ने मुल नाराका साथ प्रभातफेरिको आयोजना गरिएको थियो ।

प्रभातफेरिमा सहभागि नर्सहरुले नर्सिङ क्षेत्रका चुनौतिहरु सम्बोधन गर्न माग गरेका थिए । कार्यक्रममा संघकी मोरङका अध्यक्ष लजिता योञ्जनले नर्सिङ पेशालाई सरकारले उपेक्षा गरिरहेको बताइन् । विदेशमा नर्सको सेवासुविधा आकर्षक हुने गरेको भएपनि यहाँ भने सरकारले नर्सिङ पेशालाई प्राथमिकतामा राख्न नसकेको उनले गुनासो गरिन् ।

नर्सिङको भविष्य उज्वल रहेको बताउँदै अध्यक्ष योञ्जनले सरकारले नर्सिङको सेवा सुविधामा ध्यान दिन आवश्यक रहेको बताइन् । नर्सिङ दिवसका अवसरमा संघले कोशी अस्पतालमा विरामीहरुका लागि आवश्यक सामग्री समेत उपलब्ध गराएको हो । अध्यक्ष योञ्जनले भनिन्,’आजको दिन नर्सहरुको हो । नर्स र विरामीबीचको सुमधुर सम्बन्धसँगै हामीले अस्पतालमा रहेका विरामी र कुरुवालाई निःशुल्क खानाको ब्यवस्था गरेकाछौँ ।’

नर्सिङ दिवसका अवसरमा संघले अस्पतालको सघन उपचार केन्द्र आइसियु वार्डमा कुसी तथा कमोड उपलब्ध गराएको थियो ।

संघकी अध्यक्ष योञ्जनले दिवसका अवसरमा रक्तदानसँगै नर्सहरुका लागि विभिन्न ओरेन्टिएसन कक्षा राखिएको जानकारी दिइन् ।

4
3