1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

युद्धविरामपछि मोदी निवासमा बैठक

12
9

संकल्प सञ्चार-शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो निवासमा उच्चस्तरीय बैठक गरिरहेका छन्। 

बैठकमा रक्षामन्त्री राजनाथ सिंह, सीडीएस अनिल चौहान, तीनै सशस्त्र सेनाका प्रमुख, एनएसए अजित डोभालका साथै आईबी र रअका प्रमुखहरू उपस्थित छन्।

यसैबीच आइतबार बिहान राजस्थान, पन्जाब, जम्मु र कश्मीरका सीमावर्ती क्षेत्रको अवस्था सामान्य देखिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

भारत सरकारले जम्मु कश्मीरको रामवनमा रहेको बगलिहार र सालार बाँधका ढोका पनि खोलेको बताइएको हाे।

4
3