संकल्प सञ्चार-झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगीमा गएराति एक जनाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी ह*त्या गरेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार ३५ वर्षीय कविराज हेमरमले आपसी झगडापछि आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरमको घाँटीमा खुकुरी प्रहार गरी ह*त्या गरेका हुन्।
घ*टना राति करिब ११:२० बजे भएको हो। पारिवारिक विवादपछि कविराजले पूजा हेमरममाथि उनीहरू सुत्ने कोठामै खुकुरी प्रहार गरेका थिए। घ*टनापछि फरार रहेका कविराजलाई प्रहरीको टोलीले केही समयमै कनकाई नगरपालिका क्षेत्रकै सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको बताएकाे छ।
श*वलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको छ। घ*टनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।