1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

किट विश्वविधालयमा भएकाे घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग

12
9

संकल्प सञ्चार-नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको लगातार मृ*त्यु हुनुको सत्य तथ्य खोजी गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले भने–  ‘प्रकृति लम्सालको मृत्युको घाउ नसुक्दै अर्का प्रिसा शाहको दुःखद नि*धन भएको छ । १२ सय नेपाली अध्ययनरत उक्त विद्यालयमा भएको घटनामा अनुसन्धान भइरहेको भनेर मात्र पुग्दैन । सत्य तथ्यको खोजी गर्नुपर्छ   ।’

त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले किटमा भएको घटनाबारे सरकार मौन रहेको भन्दै परराष्ट्र मन्त्रालय र मन्त्री विदेश घुम्न मात्र हो ? भनेर प्रश्न गरेका छन् ।

4
3