1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

झापाबाट गोरुको मासुसहित पाँच जना पक्राउ

12
9

संकल्प सञ्चार-झापाको गौरादहमा गोरुको मा*सुसहित पाँच जना पक्राउ परेका हुन् ।

गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बर ९, १ क्रसर उद्योग छेउमा बहर का*टिसकेर मा*सु बोरामा हालेर जाँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा गौरादह- १ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।

गोरुको मा*सु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरूले गौरादह- १ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर का*टेर मा*सु ल्याएको बताएका छन् ।
त्यसपछि लिम्बूको घरमा गएर हेर्दा निलो प्लाष्टिक ओछ्याइ बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्ड*कोष फेला परेको थियो।

अन्दाजी १५० केजी बहरको मा*सुसहित उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ।

4
3