1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

होटल मालिक र प्रबन्धक पक्राउ

12
9

 संकल्प संचार-हालै कोलकाताको एक होटलमा आग*लागी हुँदा १४ जनाको मृ*त्यु भएको छ, भने यस घटनामा प्रहरीले होटलका मालिक र प्रबन्धकलाई पक्राउ गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ऋतुराज होटलका मालिक आकाश चावला र प्रबन्धक गौरव कपूरलाई बिहीबार बिहान पक्राउ गरेको हाे । जोरसांको प्रहरी चौकीमा दुवै जना विरुद्ध बीएनसीको धारा १०५ र पश्चिम बंगाल अग्नि सेवा ऐन अन्तर्गत स्वतः मु*द्दा दर्ता गरिएको छ ।

अप्रिल २९ मा कोलकाताको मच्छुआ क्षेत्रमा रहेको ऋतुराज होटलमा आगलागी भएको थियो । यस दुर्घ*टनामा १४ जनाको मृ*त्यु भएको थियो भने अन्य कयौँ घाइते भएका छन् ।  

4
3