यतिबेला गोरखा जिल्लास्थित दरौंदी नदीका फाँटहरू चैते धानले हरियाली देखिएकाे छ । चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन् ।
सिँचाइका लागि दरौंदी नदी उपयुक्त श्रोत भएका कारण सो क्षेत्रका किसानहरू धान खेती सँगै तरकारी खेती समेत गर्ने गर्दछन् ।
बौद्ध हिमालको काखबाट बहने दरौंदी नदी र सो हरियाली फाँट गोरखानगरपालिका र सिरानचोक गाउँपालिकाको सीमा क्षेत्रमा क्षेत्रमा पर्दछ । उक्त बाटो भएर यात्रा गर्ने जोकोहिलाई पनि अहिले हरिया फाँटले आकर्षण गर्ने गरेको छ ।