आन्दोलनतर शिक्षकहरुले २८ औँ दिनसम्म पनि प्रदर्शन जारी राखेका छन्। विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेसहितका माग रोखर आन्दोलित भएका उनीहरुले आज पनि बानेश्वर क्षेत्रमा प्रदर्शन जारी गरेका हुन्।
आन्दोलनतर शिक्षकहरुले शिक्षा ऐन खोज्दै विभिन्न नारा समेत लगाएका छन्। उनीहरुको ‘साह्रै दुःख पाइयो, शिक्षा ऐन चाहियो’, ‘अग्रगामी शिक्षा ऐन दिलाइदे, हामीलाई स्कुल पठाइदे,’ ‘हामी सडक छोड्दैनौं, शिक्षा ऐन नआए। हामी मर्न तयार छौँ, शिक्षा ऐन नआए’, ‘ओइ सरकार ओइ, शिक्षा ऐन खोइ?’ लगायतका नारा लगाएका हुन्।
शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने भन्दै सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति हुन नसकेकाे हुदा शिक्षक आन्दोलन भइरहेकाे हाे।