1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

श्रीमतीको टाउकोमा दाउराले हान्दा मृत्यु

12
9

म्याग्दीको बेनी नगरपालिका–७ स्थित मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका हुन्।

पर्वतको जलजला गाउँपालिका–३ स्थित पारिबेनी घर भई हाल मंगलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए हुन्।

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

4
3