1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

झापाको बिर्तामोडमा दिनदहाडै २९ लाख रुपैयाँ बराबरको चोरी

12
9

 झापाको बिर्तामोडमा दिनदहाडै ढोका फोरी २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

सोमबार दिउँसो बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको ताला फुटाई चोरी भएको हो ।

दराजमा रहेको नगद ७० हजार, सुनको ढिक अन्दाजी ५ तोला, सुनको हातमा लगाउने ब्रासलेट १ थान, सुनको सिक्री थान २ गरी जम्मा ५ तोला, औठी थान २, चन्द्रमा ४ आनी, सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जानकारी दिएकाे छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

4
3