1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

बाबुरामले भेटे भारतीय रक्षामन्त्री सिंहलाई

12
9

संकल्प संचार -पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका रक्षामन्त्री राजनाथ सिंहलाई सोमबार नयाँ दिल्लीमा भेटेका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले भाजपाका वरिष्ठ नेतासमेत रहेका सिंहलाई सोमबार दिल्लीमा भेटेका हुन् ।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईले जानकारी दिए ।

डा. भट्टराईले भेटने क्रममा गत मंगलबार दिउँसो कश्मीरको पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २७ जना सर्वसाधारणको ज्यान जाने गरी भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । उनले सिंहसँग भेटेर उक्त घटनाबारे गहिरो दुःख व्यक्त गरेका हुन् ।

डा. भट्टराई पार्टीनिकट प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका निम्ति भारत भ्रमणमा छन् ।

4
3