1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

५ वटा विधेयक अघि बढाउँदै

12
9

संकल्प संचार /आज बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न ५ वटा विधेयक अगाडि बढाउँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्दैछन्, त्यस्तै गरि कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्दैछन् ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

4
3