संकल्प संचार /रुकुम पश्चिमबाट यात्रु लिएर हिँडेकाे जीप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् ।
शुक्रबार बिहान रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको लु २ ख ६२७१ नम्बरको जीप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते ५ जनामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जना सिकिस्त रहेको प्रहरी जनाएका छन् ।
घाइतेहरूलाई प्रारम्भीक उपचारका लागि सल्यानको बागचौर लगिएको छ । जीपका चालक फरार रहेका छन् ।