नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा गर्न लागेको युथ सेलिब्रेसनका वक्ताहरू पनि युवा नै रहने बताएकाे छन् ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बाहेकका वक्ता युवा हुने राष्ट्रिय युवा संघका उपाध्यक्ष रमेश तिवारीले बताए हुन् । ‘युथ सेलिब्रेसन भएकाले वक्ता पनि ४० वर्ष ननाघेका युवा नै हुनुहुन्छ,’ भन्ने उनकाे भनाइ हाे ।
तिवारीका अनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल, कपिलवस्तुको शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बाग्लुङ क्याम्पसका स्ववियू सभापति याश्मिन शेख, पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति विष्णु पोखरेल वक्ता रहेका छन् ।
यस्तै, डा.आनन्द सिंह, ल क्याम्पसका विद्यार्थी प्रकाश सुनार, कोटेश्वर क्याम्पसका स्ववियू सभापति शर्मिला भण्डारीले मन्तव्य राख्ने कार्यक्रम तय गरिएका हाे ।










