संकल्प संचार। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ।आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई जारी राखेका हुन्।
उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। महासंघले अनुशाासित, मर्यादित र संयमित भएर आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको हुन्।
महासंघले आफूहरूको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरूलाई पनि काठमाडौंमा आउन आह्वानसमेत गरेको छ।
शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय पनि गरिसकेको छ।