1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

दाउन्नेमा सुक्खा पहिरो, वैकल्पिक मार्ग प्रयोग

12
9

संकल्पसंचार / पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सुक्खा पहिरो गएको हुदा वैकल्पिक मार्ग प्रयोगमा गर्न आग्रह गरिएकाे । बुटवल-नारायणगढ सडक विस्तार क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम भइरहेको समयमा पहिरो गएको हाे ।

पहिरो खसेपछि साना सवारी र यात्रुवाहक बसका यात्रुलाई झारेर सवारी पास गराइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए हुन् । ‘अहिलेसम्म यात्रुवाहक सवारी रोकिएको छैन । तर , पहिरोका कारण जुनसुकै समय बन्द हुन सक्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्छौं,’ ढकालले भने, ‘पानी पर्‍यो भने झन् समस्या थप हुन्छ । सडक विभाग र प्रशासनसँग समन्वय गरेर मर्मत र विकल्पको विषयमा छलफल भइरहेको छ । ’

दाउन्ने सडकखण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो गएपछि अहिले त्यहाँ माटो राखेर पुर्ने काम भइरहेको छ । यो खण्डमा सञ्चालन हुने मालवाहक र ठूला सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । सडक एकतर्फी भएपछि दाउन्नेमा सवारीको जाम लागेको छ ।

4
3