1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

बेइजिङमा ६ वर्षका बालबालिकालाई एआई शिक्षा

12
9

संकल्प संचार/ यस वर्षदेखि चीनको राजधानी बेइजिङका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कक्षा सञ्चालन गर्न अनिवार्य गरिएको छ। त्यहाँ ६ वर्षका बालबालिकासमेतलाई च्याटबट र अन्य एआई टुलहरू प्रयोग गर्ने तरिका, प्रविधिको सामान्य ज्ञान र एआईको नैतिक प्रयोगबारे पढाइने भएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार बेइजिङ नगर शिक्षा आयोगले जारी गरेको विज्ञप्तिमा विद्यालयहरूले यी कक्षाहरूलाई सूचना प्रविधि वा विज्ञानसम्बन्धी पाठ्यक्रमसँग एकीकृत गरेर वा छुट्टै रूपमा सञ्चालन गर्न सक्ने बताएकाे छ। आयोगले बहुवर्षीय एआई पाठ्यक्रम तयार गर्ने योजना पनि अघि सारेको छ भने यसले समग्र एआई शिक्षा प्रणाली निर्माणमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

बेइजिङले यस्तो शिक्षामार्फत एआई प्रतिस्पर्धामा चीनको अग्रता कायम राख्ने लक्ष्य लिएको छ। गत डिसेम्बरमा चीनको शिक्षा मन्त्रालयले १८४ वटा विद्यालयलाई एआई पाठ्यक्रमको मोडल र कार्यक्रम परीक्षणका लागि चयन गरेको थियो। शिक्षा मन्त्री हुआई जिनपेङले चीनको शिक्षा प्रणालीका लागि एआई ‘सुनौलो अवसर’ भएको जनाएका छन्र ।

ह्वाङ्जाउस्थित झेजियाङ विश्वविद्यालयको सफलताबाट प्रेरित भई चीनले त्यसकै अनुकरण गरेर विद्यालयहरूमा समेत एआई शिक्षा सुरु गर्न लागेको कतिपयको विश्लेषण छ। उक्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका लियाङ वेनफेङ, डिपसिक र वाङ सिङसिङले युनिट्रि नामक चर्चित एआई कम्पनीहरू स्थापना गरेका थिए। विद्यार्थीहरूलाई अझै कम उमेरमै एआईसँग परिचित गराएमा बेइजिङमा नवप्रवर्तनको नयाँ लहर देखिन सक्ने सरकारको अपेक्षा गरेकाे छ।

चीन मात्र नभई अन्य विभिन्न देशहरूले पनि बालबालिकालाई एआई शिक्षा प्रदान गर्ने नीति अवलम्बन गर्न थालेको फर्च्युन म्यागजिन ले जनाएको छन् । इस्टोनिया सरकारले गत महिना मात्र ओपनएआईसँग साझेदारीको घोषणा गर्दै माध्यमिक विद्यालयमा शैक्षिक प्रयोजनका लागि च्याटजीपीटी ईडीयू कार्यक्रम सुरु गरेको जनाएको थियो। यो कार्यक्रम आउँदो सेप्टेम्बरदेखि कक्षा १० र ११ मा लागू गरिने भएको छ।

4
3