1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट,

12
9

प्रधानमन्त्री ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओली र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।

उक्त भेटमा सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई सोही अवसरमा जानकारी गराएका थिए ।  

उनले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । भेटमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल उपस्थित भएका थिए । 

4
3