1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

झापा बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने

12
9

 झापा बिर्तामोडमा अवस्थीत देवी माविमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।प्रदर्शनीमा एसइइ दिएर बसेकादेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता रहनेछ ।

आउने महिना जेठ १ गतेदेखि ३ गतेसम्म हुने प्रदर्शनीमा कोशी प्रदेशका प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय सहभागी गराइने आयोजकले जनाएको छ ।विज्ञान शिक्षक समाजको समन्वय तथा नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा हुन लागेको प्रदर्शनीका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद बास्कोटाले जनाएका छन् ।

पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिनेछ भने अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख गणेश पोखरेलले जनाएका हुन् ।कार्यक्रम सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीस्थलमा २० वटा व्यावसायिक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने पोखरेलले बताए ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तयारी भइरहेको आयोजकको भनाइ छ । कार्यक्रममा युथ पावर फाउन्डेसनले स्वयमसेवकको व्यवस्थापन गर्ने आयोजकले जनाएको छ ।

4
3