संकल्प सञ्चार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगर कमिटीको दाेस्राे नगर अधिबेशनले राजन चिमरियालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेकाे छ ।

अधिवेशनले चिमरियाको नेतृत्वमा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन गरेको हाे । अधिवेशनबाट क्रमश: उपाध्यक्ष पदमा गोपिकृष्ण रिजाल, लीला सुब्बा राजवंशी, जगतबहादुर बिश्वकर्मा र मेनुका घिमिरे निर्वाचित भएका छन् भने सचिवमा कृष्णराज सिटौला, सहसचिवमा कोबिलाल मेचे, तिलक थापा र कोषाध्यक्षमा बसन्त राजबंशी निर्विरोध निर्वाचित भएका छन् ।

चैत्र २३ गते शनिवार मेचीनगरकाे धुलाबारी स्थित पासाङ ल्यामु हलमा भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सह-ईन्चार्ज अजम्बर काङवाङ राई प्रमुख अतिथिकाे रूपमा उपस्थित थिए भने केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज रञ्जित तामाङ, पार्टीका केन्द्रिय सदस्य ज्याेति सिंह दर्लामी, जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, पार्टी प्रदेश सदस्य भुपाल सापकाेटा, प्रकाश भण्डारी, अरूण श्रेष्ठ, गाेपाल बरायली,माधव अर्याल, सीता सापकाेटा लगायत विभिन्न जनवर्गीय संगठनका नेताहरूकाे समेत आतिथ्यता र उपस्थिति रहेकाे थियाे ।

अधिवेशनले ५१ सदस्यीय समितिमा सदस्यहरू क्रमश: श्याय लामा, इन्दिरा पोख्रेल, पुष्पराज पराजुली, देबेन्द्र ढकाल, गोमा भण्डारी, चन्द्र दास, राम गौतम, विरसकुमार आचार्य, तारा बराल, डिबि मगर, सेकेन्ड धिमाल, कुमादेवी उप्रेती, मानबहादुर गिरी, हर्कमाया बस्नेत, शेखरकाजी थापा,विमला आचार्य, सन्तोस प्रसाई, राजु निरौला, चेतराज बस्नेत, विनोदकुमार शिवाकोटी, ज्ञानु घोले, तिर्थकुमारी डांगी, आइतबहादुर बिश्वकर्मा,छबिलाल अधिकारी, नरेन्द्र धिमाल, पदम सुनुवार, रीतादेपी रिजाल, पुरुषोतम सिग्देल, गोमादेवी भट्टराई ,अपूर्वकुमार डांगी,शुसिल राजवंशी, प्रशान्त लिम्बू, भक्त लक्सम (काजी), गोमादेवी भट्टराई,श्यामलाल राजवंशी,शैफर रेग्मी, रोजिना विश्वकर्मा, मिलन प्रसाई, पुष्पराज पराजुलीलाई समेत निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा करिब २ सय भन्दाबढी माओवादी आन्दाेलनमा प्रत्यक्ष पराेक्ष रूपमा सहभागी तथा सहयाेगी परिवार, सहिद परिवार, बेपत्ता परिवार, सामाजिक क्षेत्रमा याेगदान पुर्याएका ब्यक्तित्वहरूलाई सम्मान पत्र र तामाकाे कलस प्रदान गरि सम्मान गरिएकाे थियाे । राजन चिमरियाकाे अध्यक्षतामा चलेकाे कार्यक्रममा सञ्चालन कृष्ण काैशलले गरेका थिए ।