संकल्प सञ्चार । आफ्नै बाबुको चक्कु प्रहारबाट घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको छ।
अछामको कमलनगर नगरपालिका-हात्तीबाच घर भई हाल भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै बस्ने ३१ वर्षीय नरेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६३ वर्षीय दिपबहादुर शाहीले गएराति १० बजे घरायसी विवादपछि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बुवाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका नरेन्द्रलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा गएराति करिब पौने ११ बजे उनको मृत्यु भएको हो। घटनापछि नरेन्द्रका बुवा दिपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।