1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

ईलामे कवि दिपेन दुलालकाे कविता: श्रद्धाञ्जली

12
9

काठमाडौबाट आकाशे बाटो पोखरा जानलाइ उडेको!

देशका गहना अठार जना चम्किला तारा दैबले चुडेको!!

हे पापी दैब किन दिईस जन्म अकाल मै  हरेर लानलाई!

देखाइदे बाटो बा,आमालाई आशुको खोला तरेर जानलाई!!

सुरक्षित जान्छु उडेर जान्छु समयमै पुग्छु,जहाजको भर छैन!

छिन भरमै आयो टिपेर लयो भेट्नलाइ जाउ दैबको घर छैन!!

देश बनाउछु भन्ने नेतालाई पनि फुर्सदै छैन कुर्सिको खेलैमा!

कोपिला जस्ता सुन्दर फुल पैसठ्ठी यात्रु अस्ताए त्रिशुली भेलैमा!

उडेर जाउ भने प्लेनको भर छैन, गुडेर जाउ भने गाडिकोभर छैन!

अनेकौ दुखरकष्ट जनताले भोग्ने नेतालाइ भने जनताको डर छैन!!

कोहि त जहाजमा परे कोहि त बस दुर्घटना परि अकालमै मरेका!

राजनीति गर्ने नेताले भने जनताको मृत्युमा पनि भेदभाब गरेका!!

उडेको जहाज दुर्घटना भयो अठार यात्रु आगोले खायो पैसठ्ठी पानीले!

नगरी कन भेद र भाव शोकमनाउ सबैसारा मिलि नेपाली हामिले!

रोएका छन् आफन्त जन छोडेर गए सन्तान मुटुलाइ दुखाई!

के अर्थरहयो सरकार भेदभाव गरि त्योआधा झन्डालाइ झुकाइ!!

बिर्सिन्न कहिले यो कहाली लाग्दो घट्नालाई सम्झना झलझली!!

सम्पुर्ण मृतकजन प्रति छ हाम्रो हार्दिक भावपुर्ण श्रद्धाञ्जली !

दिपेन दुलाल हाल साउदी अरब

          2024/7/25

4
3