1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

काठमाडौंको सडकमा गुड्दैछन् प्रदूषणका कारखाना—५४% सवारी मापदण्डविपरीत!

12
9

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सवारीसाधन प्रदूषण परीक्षणका क्रममा ९४५ मध्ये ५१५ (५४ प्रतिशत) गाडीले तोकिएको मापदण्ड पूरा नगरेको देखिएको छ।

कामपाले गत पुस २९ देखि सडकमा गुडिरहेका सवारीसाधनको परीक्षण थालेको थियो। परीक्षणका क्रममा २४९ वटा पेट्रोलचालित गाडीमध्ये ४४ वटा र ६९६ वटा डिजेलचालित सवारीमध्ये ४७१ वटा प्रदूषण मापदण्ड विपरीत फेला परेका छन्।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार सहरी वातावरण सुधार गरी स्वच्छता कायम राख्न ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’, तथा ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि, २०८१’ लागू गरिएको छ। यी कानुनी व्यवस्थाहरू कार्यान्वयन गर्दै सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरिएको हो।

‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ अनुसार पेट्रोल र डिजेलचालित गाडीहरूको निर्माण वर्षका आधारमा फरक मापदण्ड तोकिएको छ। सन् १९८० भित्र उत्पादित चारपांग्रे सवारीका लागि कार्बन मोनोक्साइडको अधिकतम मात्रा ४.५ प्रतिशत (भोल्युमअनुसार) तोकिएको छ भने सन् १९८१ यता बनेका गाडीहरूका लागि यो सीमा ३ प्रतिशत रहेको छ।

तीनपांग्रे सवारीको सन्दर्भमा सन् १९९१ भित्र उत्पादित गाडीहरूको कार्बन मोनोक्साइड सीमा अधिकतम ४.५ प्रतिशत रहेको छ। दुईपांग्रे सवारीसाधनका लागि पनि यही सीमा लागू हुन्छ।

डिजेलचालित सवारीका लागि, सन् १९९४ सम्म बनेका गाडीहरूको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ, भने सन् १९९५ यता निर्मित गाडीहरूको लागि यो सीमा ६५ एचएसयु निर्धारण गरिएको छ।

pre :

4
3