संकल्प सञ्चार-गएराति भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा आफ्नो परिवारका १० सदस्य जाना मा*रिएको मसुद अजरहरले बताएका छन्।
अजहर राष्ट्रसंघद्वारा आतंकवादी घोषित व्यक्ति हुन्। उनी जैस ए मोहम्मद नामक आतंकवादी संगठनका मुखिया पनि हुन्।अजहरले पाकिस्तानको बहावलपुरस्थित शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा परिवारका १० सदस्य र चार निकट सहयोगी मा*रिएको बताएका हुन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै जैस ए मोहम्मदले अजहरका दिदी, भिनाजु, भान्जा, उनीकी पत्नीसहित पाँच बालबच्चा मा*रिएको बताएको छन्। २०१९ मा कस्मिरमा ४० भारतीय जवानको ज्यान जानेगरी भएको हमला जैस ए मोहम्मदले नै गराएको थियो। एजेन्सी