1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

भारतमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको रुपन्देहीमा अन्त्येष्टि 

12
9

संकल्प सञ्चार । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर अन्त्येष्टि गरिएको छ ।

उनको शव गएराति रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो । त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो । प्रकृति मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुमाथि कुटपिट र दुर्व्यवहार गर्दै घर फर्किन भनेको थियो ।

तर नेपाल सरकारको कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीहरुलाई फर्किएर पढाइ जारी राख्न भनेको थियो । उसले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी हेल्पडेस्क समेत स्थापना गरेको छ । तर नेपाल आइपुगेका कतिपय नेपाली विद्यार्थीहरुले असुरक्षित महसुस गरेको बताएका छन् ।

4
3