1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

ट्रम्पले सम्बन्धविच्छेद कानुनमा परिवर्तन गरे: अब ५०% सम्पत्ति बाँडफाँड हुँदैन

12
9



नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पद ग्रहण गरेको दुई दिनमै ठूलो परिवर्तनहरूको घोषणा गरेका छन्। यसपटक उनले विवाह र सम्बन्धविच्छेद सम्बन्धी कानुनलाई परिवर्तन गर्ने योजना बनाएका छन्। ट्रम्पले यस्तो कानुन अन्त्य गर्न लागेका छन् जसलाई अमेरिकी पुरुषहरूले लामो समयदेखि अन्यायपूर्ण ठहर गर्दै आएका थिए।

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति बनेका छन्, र उनी पुरुषहरूले सामना गरिरहेको सम्बन्धविच्छेद सम्बन्धी समस्याको समाधान गर्न चाहन्छन्। ट्रम्पले यसबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्दै भने, “धनी पुरुषसँग विवाह गर्दा सम्बन्धविच्छेदपछि महिलाले आधा सम्पत्ति लैजान पाउनुपर्छ भन्ने कुनै कारण छैन। अमेरिकामा सम्बन्धविच्छेद महिलाहरूका लागि फाइदाजनक व्यापारजस्तो बनिसकेको छ, र म यसमा पूर्णविराम लगाउनेछु।”

उनका अनुसार, “यदि सम्बन्धविच्छेदपछि महिलालाई पैसा आवश्यक पर्छ भने, पुरुषले उनीहरूलाई अधिकतम $१ मिलियन ऋण दिन सक्छ, त्यो पनि उनीसँग धितो (collateral) भए मात्र। यो रकम धनी पुरुषका लागि सानो हुन सक्छ, तर महिलाका लागि पर्याप्त हुनुपर्छ, किनभने उनले त्यो सम्पत्ति बनाउनका लागि कुनै योगदान दिएकी हुँदिनन्।”

ट्रम्पले उदाहरण दिँदै भने, “यदि म $५० मिलियनको सम्पत्ति भएको मान्छे हुँ भने, सम्बन्धविच्छेदपछि $२५ मिलियन दिनुपर्ने कुनै तुक छैन। त्यो मेरो पैसा हो, र मैले त्यसका लागि धेरै मिहिनेत गरेको छु। हामी ६ वर्ष, २५ वर्ष वा जति समय नै किन सँगै बिताएका भए पनि, यसले केही फरक पार्दैन। यदि महिलासँग आफ्ना बच्चाहरूको हेरचाह गर्ने आर्थिक क्षमता छैन भने बच्चाहरू बुबासँगै बस्नुपर्छ। कुनै व्यक्तिले ठूलो सम्पत्ति निर्माण गर्‍यो भने मात्र उसको श्रीमतीले सम्बन्धविच्छेदपछि ‘शीबा रानी’जस्तो भएर निस्कनुपर्ने कुरा सही हुँदैन।”

ट्रम्पको यो अभिव्यक्ति र प्रस्तावले अमेरिकी समाजमा ठूलो बहसको विषय बनेको छ। महिलावादी तथा मानवअधिकारवादी समूहहरूले यसलाई महिला अधिकारमाथिको आक्रमण भनेका छन् भने पुरुषहरूको एक वर्गले यसलाई स्वागत गर्दै अन्यायपूर्ण कानुन अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

यस कानुनको कार्यान्वयन भएमा अमेरिकी सम्बन्धविच्छेद प्रक्रियामा ठूलो परिवर्तन आउनेछ। अब यो कानुनले अमेरिकी समाजमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा भने आगामी दिनहरूले देखाउनेछन्।

4
3