1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

अमेरिकाबाट 1,365 नेपाली निष्कासनमा: ट्रम्प प्रशासनको कठोर कदम

12
9

डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकालमा अमेरिकी सरकारले अवैध आप्रवासीलाई निष्कासन गर्ने अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूलाई अमेरिकाबाट निष्कासन गर्ने सूची सार्वजनिक भएको छ।

यो सूचीमा १,३६५ जना नेपालीहरू पनि परेका छन्। अमेरिकामा बसेका नेपाली समुदायले यो कदमप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

ट्रम्प प्रशासनले आप्रवासन सम्बन्धी कडा नीतिहरू अघि सारेपछि धेरै नेपालीहरू आफ्नो बसाइको वैधता गुमाउने डरमा परेका छन्। निष्कासनमा पर्ने नेपालीहरूलाई घर फर्काउने प्रक्रिया छिट्टै सुरु हुने अनुमान गरिएको छ।

यो निर्णयले अमेरिकी सपनाको खोजीमा रहेका नेपालीहरूको भविष्यमा ठूलो प्रभाव पार्न सक्ने सम्भावना छ।

4
3