1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

श्रमको अपमान गरेर कसरी आऊला र समृद्धि ?

12
9

म एक श्रमिक हुँ । हामी सबै श्रमिक हौँ । हाम्रो श्रमको मात्रा र गतिले परिवार, समाज र राष्ट्र विकासको गति निर्धारण गरेको हुन्छ । कुनै पनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एक मात्र आधारको रूपमा श्रम नै भएको कुरा अमेरिकाको विकासको संवाहक मानिएका अब्राह्म लिङ्कनले दाबी गरेका छन् । दार्शनिक कन्फ्युसियसले श्रम अर्थात् मिहिनेत मानिसको अपरिहार्य सद्गुण हुनुपर्नेमा जोड दिएका छन् ।

‘श्रमबिना कुनै पनि कुराको विकास सम्भव हुँदैन ।’

दार्शनिक सोफेकेलेसको माथिको यो पंक्तिले श्रमको महत्त्व प्रस्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको छ । त्यसैगरी, श्रमबिना समाज अगाडि बढ्न नसक्ने तथा श्रमले नै समाज संरचनाको विकासका निमित्त शान्तिपूर्ण क्रान्ति अगाडि बढाउने दाबी महात्मा गान्धीले गरेका छन् । कार्ल मार्क्सले श्रमलाई समाजमा आमूल परिवर्तन गरी पुन:संरचनाको मार्गमा अगाडि बढाउने कारक तत्त्वको रूपमा ठोकुवा गरेका छन् ।

यसरी उल्लेखित अभिव्यक्तिहरूका आधारमा भन्न सकिन्छ कि श्रम अर्थात् मिहिनेत नै हरेक विकास तथा परिवर्तनको आधार हो । व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र तथा समग्र विश्वको परिवर्तन, सुधार तथा विकासका लागि श्रमको आवश्यकता पर्छ । श्रमबिना कुनै पनि सकारात्मक प्रक्रिया अगाडि बढ्न सक्दैन । अतः जुन व्यक्ति, परिवार तथा समाजमा श्रम वा मिहिनेत गर्ने परिपाटी हुन्छ, त्यहाँ विकास तथा परिवर्तन हुन्छ, अन्यथा त्यो यथास्थितिमै रहन्छ । यसरी श्रमको मात्राले नै विकासको गति निर्धारण गर्छ । कुनै पनि देश छिटो वा ढिलो विकसित हुनुमा त्यस देशका मानिसहरूले गर्ने श्रम र श्रमप्रतिको दृष्टिकोणले ठूलो भूमिका खेलेको देखिन्छ । 

श्रमप्रतिको दृष्टिकोण समाजमा व्याप्त संस्कृतिबाट प्रभावित हुन्छ र त्यसले श्रमको मूल्याङ्कनलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । समाजमा व्याप्त प्रत्येक पेसा, व्यवसाय तथा कार्यहरू श्रमसँग जोडिएका हुन्छन् र उक्त पेसा तथा कार्यहरूलाई हेर्ने दृष्टिकोण समाजअनुसार फरक पर्छ, जसको मुख्य कारण समाजमा विद्यमान संस्कृति (जुन धर्मसँग पनि जोडिएको हुन्छ) हो भन्ने आशय कार्ल मार्क्सको छ । कुनै पनि पेसा अथवा कामलाई सानो वा ठूलो, राम्रो वा नराम्रो उच्चस्तरको वा निम्नस्तरको भनी निर्धारण गर्नमा विद्यमान समाजमा व्याप्त संस्कृतिको ठूलो भूमिका हुन्छ । अतः कुनै पनि समाजमा श्रमको कति सम्मान गरिन्छ भन्ने कुरा त्यस समाजमा व्याप्त संस्कृतिले निर्धारण गर्छ ।

मूलतः हिन्दु धर्मद्वारा निर्देशित हाम्रो संस्कृतिमा परम्परादेखि नै उच्च तथा निम्न जात वा वर्णका आधारमा पेसा तथा कार्य विभाजन र सोहीअनुरुपको दृष्टिकोण निर्धारण भई अझैसम्म पनि त्यसको प्रभाव रहिरहेको पाइन्छ भन्ने धारणा शिक्षाविद् विद्यानाथ कोइरालाको छ ।

उदाहरणका लागि सुकिलो कपडा लगाई कुर्सीमा बसेर गरिने पेसा तथा कार्यहरूलाई उच्च सम्मान दिइने तर खेतबारी, भवन निर्माण, कलकारखानालगायतमा गरिने काम वा पेसाहरूलाई निम्न दृष्टिकोणले हेरिने यथार्थ हाम्रो समाजमा विद्यमान छ । सामान्यतया यदि कसैले सजिलो खालको कार्य गर्छ भने त्यसलाई राम्रो पेसा मानिन्छ तर अप्ठयारो अर्थात् शारीरिक श्रम बढी प्रयोग हुने काम गर्छ भने त्यसलाई नराम्रो मानिने साँघुरो दृष्टिकोण अझै पनि हाम्रो समाजमा व्याप्त छ ।

4
3