1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

डेंगु संक्रमितको संख्या वृद्धि, चार जनाको मृत्यु

12
9

महामारी र रोग नियन्त्रण महाशाखाका अनुसार, गत माघको दोस्रो सातायता सुरु भएको डेंगुले  ४ जनाको मृत्यु भएको र ३,२२९ जना संक्रमित भएका छन्।


७७ जिल्ला मध्ये हुम्ला र मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ। सात प्रदेशमध्ये गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ कुल संक्रमितको ४७.३% अर्थात् ३,२२९ जना संक्रमित रहेका छन्।


बागमती प्रदेशमा १,७२३ जना संक्रमित छन्, जबकि कोशी प्रदेशमा ८१५ जना, मधेस प्रदेशमा १०६ जना, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णाली प्रदेशमा १०५ जना र सुदूरपश्चिम प्रदेशमा ३७९ जना संक्रमित छन्।


तनहुँ जिल्लामा सबैभन्दा बढी डेंगु संक्रमित रिपोर्ट गरिएको छ, जहाँ १,१४९ जना संक्रमित भएका छन्। अन्य प्रभावित जिल्लाहरूमा कास्की (७६४), पर्वत (६५७) र काठमाडौँ (५५२) रहेका छन्। चितवनमा ५३३ जना, गोरखा २६२, झापा १६८, मकवानपुर १२५, ललितपुर ११९ र स्याङ्जामा ११५ जना संक्रमित रहेका छन्।


Facebook Home

4
3